नबिल इन्भेष्टमेन्टमा डिम्याट खाता खोल्न र शुल्क भुक्तानी गर्न अनलाईनबाटै मिल्ने

nabil invest
  • बैंकिङ  संसार 
काठमाडौँ - नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको हितग्राही डिम्याट खाता सञ्चालन नविकरण तथा मेरो शेयरको वार्षिक नविकरण शुल्क सिधै अनलाईन मार्फत भुक्तानी गर्न सकिने भएको छ ।

नयाँ हितग्राही खाता खोल्ने व्यवस्था अनलाईन मार्फत गर्न सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताहरुले नयाँ हितग्राही खाता खोल्नका लागि अनलाईन मार्पmत फाराम भर्न सक्नेछन् । सो फाराम भरेको ३० दिन भित्र आफ्नो सक्कल नागरिकता सहित कम्पनीमा उपस्थित भई हितग्राही खाता खोल्न सकिने नाएको छ ।

ग्राहकले अनलाईन मार्फत भुक्तानी गर्दा नविल इन्भेष्टमेन्टको वेभसाइटमा अनलाइन डिम्याटमा गई भुक्तानी गर्न बाँकी रकम यकिन गर्न सक्ने छन् । नबिल बैंकको अनलाईन कार्ड सुविधा, खल्ती तथा ई–बैकिङ्गबाट भुक्तानी गर्ने व्यवस्था मिलाएको जनाइएको छ । कम्पनीका अनुसार नबिल बैंक वाहेकका अन्य बैंकहरुमा खाता रहेका ग्राहकहरुले पनि सिधै भुक्तानी गर्न सकिने छ ।

प्रतिकृया दिनुहोस्