एनएमबि र ओमको मर्जर : किन देखाइयो हतास मानसिकता ? ओभर क्यापिटलाइजेसनले बैंक सङ्कटमा पर्ने सम्भावना

  • बैंकिङ संसार टिप्पणी 
काठमाडौँ । ओम डेभलपेमन्ट बैंक लिमिटड एनएमबि बैंक लिमिटेडसँग गाभिने औपचारिक रुपमा घोषणा भएसँगै यससम्बन्धि विभिन्न चर्चा परिचर्चा सुरु भएको छ । प्राइमसँगको मर्ज प्रक्रियामा करिब १ वर्ष अघिदेखिको प्रयास भाँडिएपश्चात नेपाल राष्ट्र बैंकले दुबै बैंकलाई तीन महिनाभित्र अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर गर्न निर्देशन दिएको थियो । हाल एनएमबि बैंकको चुक्ता पूँजी ९ अर्ब ६१ करोड ८१ लाख ६३ हजार रुपैयाँ रहेको छ भने ओम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी २ अर्ब ५१ करोड ५२ लाख ३५ हजार रुपैयाँ रहेको छ । कतिले यो मर्जरलाई ओमको जीत भन्दै गर्दा धेरैले एनएमबि बैंकको अपरिपक्व निर्णय भनेका छन् । 

हतास मानसिकतामा किन गयो एनएमबि ? 
तर मर्जरको भित्री विश्लेषण हेर्ने हो भने एनएमबि निकै हतास मनस्थितिका साथ मर्जरमा गएको देखिन्छ । यसअघि गरिमा बिकास बैंकसँग अनौपचारिक सल्लाह गरेर हतासमै स्वाप रेसियोसमेत फाइनल गरेर हतासमै यस सम्बन्धि जानकारी लिक भएको थियो । त्यतिबेला एनएमबि बैंककै सल्लाहमा गरिमाका एक संचालकले एक मिडियालाई सूचना दिंदा उक्त मर्जर भाँडीएसँगै उक्त मिडियापनि केहि हदसम्म विवादमा तानिएको थियो ।  यसपाली पनि एनएमबिले खास राम्रो निर्णय भने नगरेको धेरैको तर्क छ । अहिलेकै अवस्थामा 'ओभर क्यापिटलाइजेसन' देखिएका बेला यति छिट्टै थप पूँजीका लागि हतार नगरेको भए राम्रो हुन्थ्यो भन्ने विश्लेषण धेरैको छ ।

ओम आफैंमा विभिन्न कुरामा विवादित बैंक हो । राम्रै अवस्थामा रहेको आलुको बोरामा कुहिन लागेको आलु ल्याइएको भनीसमेत टिप्पणी धेरैले गरेका छन् । प्रिमियम पूँजीकरण गर्नमा बैंकले हतार गरेकोसमेत देखिएको छ भने ओभर क्यापिटलाइजेसनले बैंक सङ्कटमा पर्ने सम्भावना निकै बढेर गएको कुरामा दुइमत नहोला । अर्कोतर्फ बैंकको पूँजीकोषको स्थिति निकै नाजुक हुँदा संचित कोष नहुनुले बैंकको भविष्य कता लैजाला भन्ने प्रश्न उठाएको छ । यी तथ्यहरु हेर्दा समग्रमा बैंकको अवको भविष्य राम्रो नहुने संकेत देखिएको छ । यसो त बाेनसकाे मामलामा पनि एनएमबि बैंक आवश्यक भन्दा बढी उत्ताउलाे भएको टिप्पणी यसअघि पनि गरिएको थियो ।

अहिलेकै अवस्थामा 'ओभर क्यापिटलाइजेसन' देखिएका बेला यति छिट्टै थप पूँजीका लागि हतार नगरेको भए राम्रो हुन्थ्यो भन्ने विश्लेषण धेरैको छ । 

विवादितसँग विवादितकै मर्जर !
यसो त एनएमबि बैंकले बैंक अफ दी एयर अवार्ड पटक पटक प्राप्त गरेको छ । तर पनि यो बैंक धेरै कुरामा विवादित छ । ग्राहकलाई ठग्ने गरेको आरोप पटक पटक लाग्ने गरेको छ । अर्कोतर्फ ओम प्रदेश नम्बर ४ मा विवादित बैंक हो । कहिले बैंकका कर्मचारीले गरेको बदमासी त कहिले बैंकभित्रकै आन्तरिक टसलले बैंक विवादित बन्ने गरेको छ । यो मर्जरले अव बैंकको भविष्य के हुने हो भन्ने कुरा त्यसै अनुमान गर्न सकिने अवस्था त छैन । तर सबै कुराले संकेत नकारात्मक नै देखाएको छ ।

यो पनि पढ्नुहोस् 

प्रतिकृया दिनुहोस्