एनआईसी एशिया बैंकका ग्राहकहरुले 'सुन्दर नगरि' पोखराका विभिन्न होटलमा ३०%सम्म छुट पाउने !

 nic asia bank
काठमाडौ । एनआईसी एशिया बैंक र होटल पोखरा ग्राण्डी, पार्दी विरौटा, पोखराबीच बैंकका सम्पूर्ण ग्राहकवर्गलाई होटल विभिन्न सेवा सुविधाहरुमा ३०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट गण्डकी प्रादेशिक कार्यालयका प्रमुख दिपेन्द्र शर्मा र होटल पोखरा ग्राण्डीको तर्फबाट होटलका प्रबन्ध निर्देशक रोशन खवासले हस्ताक्षर गरेका छन ।

यसैगरी एन आई सी एशिया बैंक र टीका रिसोर्ट हल्लनचोक लेकसाइड पोखराबीच बैंकका सम्पूर्ण ग्राहकवर्गलाई टीका रिसोर्टमा १५% सम्म छुट प्रदान गर्ने सम्झौता भएको छ । यसबाट पर्यटकीय शहर पोखरा भ्रमणका क्रममा यस बैंकका ग्राहकवर्गहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले हाल मुलुकभर २९२ शाखा कार्यालयहरु, ३०२ एटिएम, ५१ वटा एक्सटेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत बैंकिङ्ग सेवा दिदै आएको छ ।

प्रतिकृया दिनुहोस्