मेगा बैंकमा 'घुस-काण्ड' : ऋण स्वीकृत नहुँदै सर्भिस चार्ज भनेर गोजी खर्च मागियो, पछि ऋण नै अप्रुभ भएन'

  • बैंकिङ संसार सम्बाददाता 
काठमाडौँ - बेला बेलामा विभिन्न खाले विवादमा परिरहने मेगा बैंकमा ऋण काण्ड घटेको छ । घटना बैंकको बैंकको जीतपुर शाखाको हो । बैंककी संस्थापक शेयर धनी गीता अन्जान केसीले भोगेको नमिठो घटना हो यो । उनले आफैले लगानी गरेको बैंकले उनलाई ऋण स्वीकृत नहुँदै सर्भिस चार्ज मागेको र सर्भिस चार्ज दिएपछि ऋण नै स्वीकृत नभएको तथ्य बाहिर ल्याएकी छिन् । बैंकको शाखा प्रमुख सरोज भण्डारीले ‘लोन एप्रुभ नहुँदै’ सर्भिस चार्ज मागेको र सर्भिस चार्ज लिएपछि लोन नै एप्रुभ नभएको खुलाशा उनले अन्त होइन बैंकको साधारणसभामै सुनाएकी हुन् । 

साधारणसभामै बबाल !
‘सर्भिस चार्ज लिने सिस्टम मेगा बैंकमा छ की छैन । सर्भिस चार्ज नहुँदै सर्भिस चार्ज लिने यो कस्तो चलन हो ?’ मेगा बैंकको आठौँ वार्षिक साधारण सभामा उनले आक्रोश पोख्द कसैले पनि यसको गतिलो जवाफ फर्काउन सकेन । ‘यस्तो किसिमको कर्मचारीले बैंकलाई कहाँ पुर्याउलान ?’ उनले थप प्रश्न गर्दासमेत सुरुमा कोहि पनि बोल्न चाहेनन् । तर साधारणसभामा यो प्रश्न चोटीलो बनेपछि बैंककि प्रमुख कार्यकारी अधिकृतले यस विषयमा अनुसन्धान गर्ने प्रतिबद्धता जनाएकी थिइन् । ऋण स्वीकृत नहुँदै सर्भिस बैंक मेनेजरले गोजी खर्चका रुपमा केहि रकम ब्रान्च मेनेजरले लिएको गीता अन्जान केसीको आरोप छ । यता मेगा बैंकको जीतपुर शाखा प्रमुख सरोज भण्डारीले आफूलाई अहिलेसम्म केन्द्रीय कार्यालयबाट यससम्बन्धमा कुनै सोधपुछ नभएको बताए ।

प्रतिकृया दिनुहोस्