एनसीसी बैंकले शुरु गर्यो भिसा क्रेडिट कार्ड, मुलुकभर १ सय २० वटा शाखा सञ्जाल

 ncc bank
  • बैंकिङ संसार 
काठमाडौं - एनसीसी बैंकले अन्तराष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँगको सहकार्यमा भिसा क्रेडिट कार्ड शुरु गरेको छ । आज आषाढ ३ गतेबाट बैंकले भिसा क्रेडिट कार्ड शुभारम्भ गर्ने भएको हो ।

बैंकले भिसा क्रेडिट कार्ड प्रयोग गरी नेपाल भित्रको कुनै पनि एटिएम र पिओएस् मेशिन मार्फत सामान वा सेवा लिन सकिने, इएमभि मा आधारित सुरक्षित कार्ड, यात्राको लागि विशेष उपयोगी, भुक्तानीमा लचकता र नगद झिक्न सकिने सुविधा रहेको छ । बैंकको भिसा क्रेडिट कार्डको शुरुमा नै बैंकले असार महिना भरि नयाँ एसीसी उत्सव बचत खाता खोल्ने ग्राहकहरुलाई पहिलो वर्ष निशुल्क एनसीसी बैंकको भिसा क्रेडिट कार्ड उपलब्ध गराउने जानकारी दिएको छ । 

हालसम्म बैंकले मुलुकभर १ सय २० वटा शाखा कार्यालय, ८१ वटा एटिएम मेशिनबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । साथै एनसीसी डेविड कार्ड, एनसीसी अस् ट्राभल भिसा कार्ड, एविविएस्, इन्टरनेट व्याकिङ्ग, मोबाइल व्याकिङ्ग, सी एएस्बिए लगायतका माध्यमबाट समेत बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

प्रतिकृया दिनुहोस्