२५ बैंक तथा वित्तीय संस्था मर्जको तयारीमा, कुन कोसंग जाँदै ?

 bank and bittiya sanstha
काठमाडौं - २५ बैंक तथा वित्तीय संस्था मर्जरमा जाने तयारीमा छन् । वाणिज्य बैंक, फाइनान्स, विकास बैंक र लघुवित्त वित्तीय संस्थाले मर्जरमा जाने तयारी गरेका हुन् । मर्जरका लागि कतिपय कम्पनी साधारणसभा मार्फत प्रस्ताव पारित गरी प्रक्रियामा गइसकेका छन् भने कतिपय कम्पनीले मर्जरको प्रस्ताव राख्दै साधारणसभा बोलाएका छन् । नेपाल इन्भेस्टमेन्ट बैंकले जेबिल्स फाइनान्सलाई एक्विजिशन गर्ने निर्णय २०७५ फागुन २६ गते भएको थियो ।  

सोहीअनुसार जेबिल्स फाइनान्सको शेयर कारोबार फागुन २७ गतेदेखि रोक्का भएको हो । यी दुई कम्पनीको स्वाप रेशियो १००ः३३ कायम भएको छ । जेबिल्स फाइनान्सको १०० कित्ता बराबर नेपाल इन्भेस्टमेन्ट बैंकको ३३ कित्ता कायम भएको हो । जेठ १२ गते बसेको मर्जर कमिटीको बैठकले सो निणर्य गरेको थियो । 

काबेली विकास बैंक र सप्तकोशी डेभलेपमेन्ट बैंकले पनि एकआपसमा मर्जरमा जान विशेष साधारणसभा सम्पन्न गरेका छन् । दुवै कम्पनीले चैत्र २७ गते विशेष साधारणसभा गरेका छन् । त्यस्तै मर्जरमा जान तिनाउ विकास बैंक र मिशन डेभलपमेन्ट बैंकले जेठ १७ गते विशेष साधारणसभा गरेका छन् । यी दुई कम्पनी मर्जरपछि बन्ने तिनाउ विकास बैंकले नेपाल कम्युनिटी डेभलेपमेन्ट बैंकको एक्विजिशन गर्ने भएको छ । जेठ २७ गते एक्विजिशन गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको हो । सोही सहमति भएसँगै नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको शेयर कारोबार जेठ ८ गतेदेखि रोक्का भएको छ । 

मर्जरमा जान मिर्मिरे लघुवित्त, नागबेली लघुवित्त र किसान लघुवित्त संस्थाले बैशाख ३० गते लागू हुनेगरी तीनवटा वित्तीय संस्थाहरु एकआपसमा गाभ्ने प्रक्रिया सम्पन्न नभएसम्मका लागि तीनवटै कम्पनीको शेयर कारोबार रोक्का हुने भएको छ । यी तीन कम्पनीको मर्जरपछि कम्पनीको नाम किसान लघुवित्त वित्तीय संस्था रहनेछ भने पूाजी रु. ३८ करोड ८६ लाख हुनेछ । अभियान दैनिकबाट 

प्रतिकृया दिनुहोस्