तनहुँको ढोरफिर्दीमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकको नयाँ शाखा विस्तार, १ सय २५ स्थानमा पुग्यो शाखा सञ्जाल

 ncc bank
  • बैंकिङ संसार 
काठमाडौँ - नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लि.ले तनहुँ जिल्लाको शुक्ला गण्डकी नगरपालिका, वडा नं. ८ ढोरफिर्दीमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।

ढोरफिर्दीमा शाखा कार्यालय विस्तार गरे संगै बैंकको देशभर शाखा संख्या १२५ पुगेको छ । ढोरफिर्दी र आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्देश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्