नेपाल एग्रो लघुवित्त र गणपति माइक्रोफाइनान्सको कारोबार खुल्यो, यस्तो पायो कारोबार संकेत !

 ganapati microfinance

  • बैंकिङ संसार

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा गणपति माइक्रोफाइनान्स र नेपाल एग्रो लघुवित्तको आजदेखि सेयर कारोबार सुरु भएको छ । नेप्सेले गणपतिको कारोबारका लागि ७८ रुपैयाँ ९ पैसादेखि २३६ रुपैयाँ ७२ पैसा रेन्ज तोकिदिएको छ । यस माइक्रोफाइनान्सको पहिलो कारोबार सोही रेन्जभित्र रहेर हुनेछ । साथै नेप्सेले गणपतिको सेयर कारोबार ‘जीएमएफबीएस’ संकेत तोकेको छ । 

कुल १० लाख ३५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत गराएको यस संस्थाको वैशाख ९ देखि १२ गतेसम्म कुल ३ लाख ३५ हजार कित्ता आइपीओ निष्कासन गरेको थियो ।

यस्तै नेपाल एग्रो लघुवित्तको पहिलो कारोबार १०३ रुपैयाँ ३८ पैसादेखि ३१० रुपैयाँ ४४ पैसाको रेन्जमा हुने भएको छ । यसको सेयर कारोबार संकेत ‘एनएजीआरओ’ तोकिएको छ ।

नेपाल एग्रोले चुक्ता पुँजीका आधारमा कायम हुने ४ लाख ९७ हजार ७७८ कित्ता सेयर सूचीकृत गराएको हो । यस संस्थाले वैशाख ८ देखि ११ गतेसम्म १ लाख ६१ हजार ७७८ कित्ता आइपीओ बिक्री गरेको थियो ।

प्रतिकृया दिनुहोस्