राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खुद नाफा ३ अर्ब ४९ करोड ९३ लाख, निक्षेप संकलन १ खर्ब ७२ अर्ब ७९ करोडमाथि !

 rastriya banijya bank
  • बैंकिङ संसार
काठमाडौं - सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । बैकले यो त्रैमास सम्म आइपुग्दा खुद नाफा १३.४२% ले वृद्धि गरी ३ अर्ब ४९ करोड ९३ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको सोहि अवधिमा ३ अर्ब ८ करोड ५० लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ खर्ब ७२ अर्ब ७९ करोड ८६ लाख ८९ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३७ अर्ब २ करोड ९४ लाख ५० हजार रुपैयाँ कर्जा लगानी गर्न सफल भएको छ । साथै बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा क्रमशः २५.२९% र १३.४२% ले वृद्धि भएको छ । 

गत वर्ष बैंकको खुद ब्याज आम्दानी ६ अर्ब १९ करोड २ लाख ३१ हजार रहेकोमा यस वर्ष बढेर ७ अर्ब ३७ करोड ९७ लाख ८१ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा पनि ३ अर्व ८८ करोड ९ लाख २० हजार बाट बढाएर ४ अर्ब ८६ करोड २७ लाख ७२ हजार रुपैयाँ पुर्याएको छ। 

हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ४७ लाख ९६ हजार रुपैयाँ छ । रिजर्भ कोषमा १४ अर्ब ९ करोड ७ लाख ५३ हजार रुपैयाँ जम्मा भएको छ । त्यसैगरि प्रतिसेयर आम्दानी २.९४ ले बढेर ३८ रुपैयाँ ८६ पैसा रहेको छ। 

प्रतिकृया दिनुहोस्