स्टान्डर्ड चार्टर्ड बैंक लिमिटेडको खुद नाफा ११.६२% ले बढ्यो, जगेडा कोषमा ४ अर्ब ५१ करोड १० लाख २९ हजार...!

 Standard Chartered Bank
  • बैंकिङ संसार 
काठमाडौं - स्टान्डर्ड चार्टर्ड बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । बैंकले यो अवधिसम्म आइपुग्दा खुद नाफा ११.६२ प्रतिशतले वृद्धि गरी १ अर्ब ७३ करोड ४४ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत वर्ष १ अर्ब ५५ करोड ३७ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस्तै स्टान्डर्ड चार्टर्डको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि बढेको छ । खुद ब्याज आम्दानी ६.५१ प्रतिशतले बढेर २ अर्ब ५५ करोड ६० लाख २७ हजार रुपैयाँ पुगेको छ । गत वर्ष २ अर्ब ३९ करोड ९६ लाख ४३ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो । साथै सञ्चालन नाफा पनि ११.७९ प्रतिशतले बढेर २ अर्ब ४६ करोड ९८ लाख १७ हजार रुपैयाँ पुगेको छ । गत वर्ष सञ्चालन नाफा २ अर्ब २० करोड ९१ लाख ७४ हजार रुपैयाँ रहेको थियो । बैंकले ७० अर्ब ८१ करोड ३० लाख ३० हजार रुपैयाँ संकलन संकलन गरी ५३ अर्ब ४६ करोड २३ करोड ५ हजार रुपैयाँ कर्जा लगानी गर्न सफल भएको छ ।

बैंकको चुक्ता पुँजी ८ अर्ब १ करोड १४ लाख ३१ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा ४ अर्ब ५१ करोड १० लाख २९ हजार रुपैयाँ पुगेको छ । गत वर्ष जगेडा कोषमा ३ अर्ब ८४ करोड २८ लाख ८ हजार रुपैयाँ रहेको थियो । प्रतिसेयर आम्दानी २८ रुपैयाँ ८७ पैसा (बार्षिक) पुगेको छ भने यसको प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ १८ पैसा छ ।

प्रतिकृया दिनुहोस्