रिलायन्स फाइनान्स लिमिटेडको १२% बोनस सेयरमा मूल्य समायोजन

 reliance finance
  • बैंकिङ संसार
काठमाडौं - रिलायन्स फाइनान्स लिमिटेडको १२% बोनस सेयरमा मूल्य समायोजन भएको छ । फाइनान्सको मूल्य समायोजनपछि सोमबार सेयर कारोबार १२५ रुपैयाँ ८९ पैसालाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य भने १५० रुपैयाँ ९५ पैसा छ ।

फाइनान्सले जेठ २७ गते आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को वार्षिक साधारण सभा गर्ने भएको छ । सभाका लागि फाइनान्सले सोमबारदेखि बुक क्लोज गर्ने भएको छ । 

रिलायन्सले सभामा आर्थिक वर्ष २०७३/७४ को लाभांश वापत १२% बोनस र कर तिर्न ०.६३% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ। साथै आर्थिक वर्ष २०७४/७५ को लभांश वापत १२% बोनसपछि कायम हुने ८३ करोड २४ लाख १६ हजार रुपैयाँ चुक्ता पुँजीको २.६३% नगद लाभांश वितरण गर्नेछ । 

सभाले सर्वसाधारण र संस्थापक सेयरधनी समूहबाट ३-३ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

प्रतिकृया दिनुहोस्