अनुशासनको कारवाही भोगेका व्यक्ति सीइओ भएपछि दाहाललाई काइदा, आइक्यानकै सदस्यलाई बनाइयो एसीइओ

 CITIZENS BANK INTERNATIONAL
  • बैंकिङ संसार  
नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले अनुसाशनको कारवाही गरेका गणेश पोखरेल सीइओ भएपछि सीबिआइएल क्यापिटलमा सीइओ रहेका समिर दाहाललाई भने काइदा भएको छ । उनी चार्टड एकाउन्टेन्ट हुन् भने आइक्यानका सदस्यसमेत हुन् । 

यसअघि सिटिजन्स बैंक छोडोस् भनेर सीबिआइएल क्यापिटलमा पठाइएका दाहाल पनि गणेश पोखरेल कहिले सीइओ हुन्छन् र सिटिजन्स बैंकमै फर्कने भनेर कुरेर बसेको चर्चा यसअघि नै भएको थियो । अन्तत सीबिआइएल क्यापिटलमा तत्कालीन अध्यक्षसमेत रहेका पोखरेल बैंकको सीइओ भएपछि लामो ग्याप भएका दाहाल पुन: सिटिजन्स बैंक फर्किएका छन् ।

यसअघि सिटिजन्स बैंक छोडोस् भनेर सीबिआइएल क्यापिटलमा पठाइएका दाहाल पनि गणेश पोखरेल कहिले सीइओ हुन्छन् र सिटिजन्स बैंकमै फर्कने भनेर कुरेर बसेको चर्चा यसअघि नै भएको थियो ।
दाहाल बैशाख २० गतेबाट लागु हुने गरी बैंककाे सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् । १६ वर्षअघि बैंकिङ्ग करियर थालेका दाहाल सीबिआइएलमा खास काम नभएछि पीएचडीको पढाइसमेत सुरु गरेका थिए । उनले हाल अर्थशास्त्रमा विद्यावारिधि गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्