एनआइसी एशिया बैंकको १५ वटा चमत्कारिक बचत खाता योजना सार्वजनिक, २२ वटा विशेषता

 Nic Asia Bank
काठमाडौँ - एनआईसी एशिया बैंकले सर्वाधिक उच्च ब्याज दरको चमत्कारिक विशेषताहरु सहित बिभिन्न १५ नयाँ बचत निक्षेप योजनाहरु सार्वजनिक गरेको छ । २१ वर्ष पूरा गरि २२ औँ वर्षमा प्रवेश गर्न लागेको अवसरमा बैंकले यस्तो योजना सार्वजनिक गरेको हो ।

चमत्कारिक बचत खाता, चमत्कारिक नारी बचत खाता, चमत्कारिक जेष्ठ नागरिक बचत खाता, चमत्कारिक बाबुनानी बचत खाता, चमत्कारिक बिद्यार्थी बचत खाता, चमत्कारिक स्वरोजगार बचत खाता र कर्मचारीहरुलाई केन्द्रित गरी चमत्कारिक तलब बचत खाता शुरु गरिएको बैंकले जनाएको छ ।


यी निक्षेप योजनाहरुमा ग्राहकहरुले १५लाख रुपैयाँसम्मको दुर्घटना बीमा र १५ लाख रुपैयाँसम्मको १८ घातक रोगहरुको बीमा तथा रु १ लाख ५० हजार सम्मको औषधि उपचार बीमा सुविधा समेत प्राप्त गर्न सक्ने छन् । साथै कर्जामा समेत विशेष छुट र सहुलियत प्रदान गर्ने गरी ल्याइएको उक्त योजनाहरुमा २२ चमत्कारिक फाइदाहरु रहेको बैंकले जनाएको छ ।

पहिलो पटक स्वीप इन-स्वीप आउटको सुविधाबाट बचत खातामा मुद्दती खाताकै सुविधाहरु पाईने छ । देशैभरी रहेका कुनैपनि बैंकको कुनै पनि एटिएमबाट रकम निकाल्दा शुल्क नलाग्ने फाइदा लगायत चमत्कारिक फाइदाहरु समेत प्रदान गरिने गरी चमत्कारिक वचत खाताहरुको योजना ल्याइएको छ ।

चमत्कारिक बचत योजना अन्र्तगत रहेको चमत्कारिक विशेषताहरुका अतिरिक्त थप फाइदाहरु सहित बैंकले यस्ता अन्य प्रकारका चमत्कारिक बचत योजनाहरु समेत सार्वजनिक गरेको छ । जस अन्र्तगत सुन तथा चाँदीका सिक्काहरु प्रदान गर्ने योजनाका साथ चमत्कारिक नारी वचत योजना, घरमै बैंकिङ्ग सुविधा प्रदान गर्न सक्ने थप सुविधा तथा छुट्टै कर्मचारी संयन्त्र सहितको चमत्कारिक जेष्ठ नागरिक बचत योजना ल्याएको छ ।

साथै थप चमत्कारिक सुविधाका साथ चमत्कारिक बाबुनानी बचत योजना, चमत्कारिक बिद्यार्थी बचत योजना र कर्मचारी वर्गलाई सहुलियत दरमा कर्जा प्रदान गर्ने, अग्रिम तलब प्रदान गर्ने क्रेडिट कार्डको सुविधा प्रदान गर्ने चमत्कारिक फाइदाहरुको साथ चमत्कारिक तलब बचत योजना बैंकले सार्वजनिक गरेको छ ।

प्रतिकृया दिनुहोस्