कर्मचारी रुवाउने जनता बैंकको सेकेन्ड म्यान बन्न इक्षा देखाउनेहरु को को छन् ? हेर्नुहोस् आवेदन दिनेहरुको नामावली

 Janata Bank
  • बैंकिङ संसार  
काठमाडौँ  - कर्मचारी रुवाउने बैंकका रुपमा पछिल्लो समय बदनामी कमाएको जनता बैंकमा डेपुटी सीइओ बन्ने दौडमा आधा दर्जन बैंकर लागेको तथ्य बाहिर आएको छ । अवकाशका नाममा बैंकले ३ जना डेपुटी सीइओलाई निकालेपछि अहिले बैंकमा डेपुटी सीइओ बन्न बैंकरहरुको दौडधुप बढेको हो । यतिसम्मकी बैंकको डेपुटी हुन कतिले कुँवर निकटमा व्यक्तिहरुलाई 'पावर' लगाइरहेका छन् भने कतिपयले राष्ट्र बैंकबाट समेत भन्न लगाईरहेका छन् ।  

कर्मचारीले जागिर छोड्दा राष्ट्र बैंकको नियम मिचेर तलव कट्टा गरिदिने बैंकको नयाँ डेपुटी सिइओ बन्न विमल डागा, पुष्प भण्डारी, सुजित शाक्य, सुनिल पोखरेल लगायतले दौडधुप सुरु गरेका छन् । उनीहरुले जनता बैंकको डेपुटी सीइओ बन्नका लागि अध्यक्षलाई प्रभावमा पार्नेदेखि राजनीतिक रुपमा भनसुन गर्नेसम्मका काम सुरु गरेको बुझिएको छ । यद्यपी बैंकका सीइओ कुँवर भने सकेसम्म आफ्नै मान्छे ल्याउन कोसिस गरिरहेको बैंक स्रोतको दावी छ । कट्टर कांग्रेसीका रुपमा चिनिने कुँवर कांग्रेस निकट बैंकरलाइ नै बैंकको डेपुटी बनाउने सुरमा रहेको बुझिएको छ ।  

प्रतिकृया दिनुहोस्