ग्लोबल आइएमई बैंकको थप ५ शाखारहित बैंकिङ्ग सेवा संचालनमा, १२६ ठाउँमा पुग्यो शाखारहित बैंकिङ्ग सेवा

 Global Ime Bank
काठमाडौँ - ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप ५ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले रोल्पा जिल्लाको परिवर्त गाँउपालिका(३, इरिवाङ्गमा १२२औँ शाखा सञ्चालनमा ल्याएको छ । त्यसैगरी रोल्पा कै थवाङ्ग गाउँपालिका–२, ठुलोगाँउमा १२३औँ शाखा सञ्चालन गरी सेवा प्रारम्भ गरेको छ ।

यता, ईलाम जिल्लाको सूर्योदय नगरपालिका–१४, कट्टुसेमा १२४औँ, सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका–९, पत्थरगाडामा १२५औँ र पाँचथर जिल्लाको हिलिगाउँ गाउँपालिका –२, सिङ्गापुरमा १२६औँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको बैंकले जनाएको छ । पाँचै वटाशाखारहित बैंकिङ्ग सेवाहरु स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्घिजीवि तथा स्थानीयवासीहरुको रोहवरमा उद्घाटन गरिएको जनाइएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् ।

प्रतिकृया दिनुहोस्