एनसीसी बैंकको ब्रान्ड एम्बेस्डरमा क्रिकेटर आरिफ शेख र रोहित कुमार पौडेल नियुक्त

काठमाडौँ - नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले नेपाली क्रिकेट क्षेत्रका उदीयमान खेलाडीद्वय आरिफ शेख र रोहित कुमार पौडेललाई ब्रान्ड एम्बेस्डरका रूपमा नियुक्त गरेको छ । क्रिकेटरद्वयलाई २२ फागुनदेखि २ वर्षका लागि नियुक्त गरेको बैंकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

बैंकका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले नेपाली क्रिकेट खेलाडीद्वय शेख र पौडेललाई बैंकको ब्रान्ड एम्बेस्डरका रूपमा आबद्ध गराउन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । क्रिकेटरसँगको सहकार्यले बैंकको ब्रान्ड प्रवद्र्धनमा सहयोग पुग्ने उनको विश्वास छ ।

दुवै खेलाडीको वृत्ति विकासका लागि मासिक जनही २५ हजार रुपैयाँ दिने पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले जानकारी दिए । बै‌कले हाल १ सय २५ शाखा तथा ७४ एटिएम मार्फत आधुनिक वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिकृया दिनुहोस्