नेसनल लाइफ इन्स्योरेन्सको एजीएम आज, लगानीकर्ताले १३.५% बोनस सेयर पाउने

 National LIfe Insurance
काठमाडौं - नेसनल लाइफ इन्सुरेन्सको वार्षिक साधारण सभा आज (चैत्र १५ गते) बिहान १०ः३० बजे सुरु भएको छ । सभा नेसनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौंमा सुरु भएको हो । साधारण सभा गर्न यस इन्सुरेन्सले चैत्र १ गतेदेखि चैत्र १५ गतेसम्म बुक क्लोज गरेको छ । फागुन ३० गतेसम्म कायम रहेका सेयरधनीले मात्र प्रस्तावित १३.५ प्रतिशत बोनस सेयर पाउनेछन् ।

सभामा सेयरधनीलाई १३.५ प्रतिशत बोनस सेयर दिने विशेष प्रस्ताव पेश भएको छ। बोनस सेयरमा लाग्ने कर तिर्न १ करोड ८८ लाख २७ हजार १० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव लागिएको छ ।

यस्तै आर्थिक वर्ष २०७३–७४ को प्रतिवेदनमा छलफल गर्ने, लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक अनुमोदनको एजेन्डा पनि राखिएको छ । अध्यक्ष र सञ्चालकहरुको भत्ता एवं अन्य सुविधा संशोधन गर्ने लगायतका प्रस्ताव समेत रहेका छन् ।

कम्पनीले बोनस सेयर भने गत भदौमा बिक्री गरेको ६०५ हकप्रदपछि कायम २ अर्ब ६४ करोड ९७ लाख २३ हजार ३४४ रुपैयाँ चुक्ता पुँजीमा दिन लागेको हो । उक्त पुँजीमा १३।५५ बोनस सेयर दिइसकेपछि पुँजी ३ अर्ब ७४ लाख ३५ हजार ९९५ रुपैयाँ पुग्नेछ ।

प्रतिकृया दिनुहोस्