सगरमाथा इन्स्योरेन्सका बीमा सेवा अब कामना सेवा विकास बैंकबाट पाइने

काठमाडौं - कामना सेवा विकास बैंक र सगरमाथा इन्स्योरेन्सबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । 

सो सम्झौतापत्रमा कामना सेवा बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिन बस्नेत र सगरमाथा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात सगरमाथा इन्स्योरेन्सका मुलुकभर रहेका शाखा, उपशाखा तथा एक्स्टेन्शन काउन्टरमार्फत कामना सेवा बिकास बैंकका ग्राहकहरुले सहज रुपमा बीमालेख प्राप्त गर्न, बीमाशुल्क भुक्तानी गर्न र दावी भुक्तानी प्राप्त गर्न सहज हुनुका साथै सम्पुर्ण प्रकारको निर्जिवन बीमा सेवा प्राप्त गर्न सहज हुनेछ ।

प्रतिकृया दिनुहोस्