भार्गव विकास बैंकको एजिएम चैत ३० मा, कहिले हुदैँछ बुक क्लोज ?

काठमाडौँ - भार्गव विकास बैंक लिमिटेडको ११ औं बार्षिक साधारण सभा शनिबार (चैत ३० गते) हुने भएको छ । बैंक सञ्चालक समितिले प्रस्ताव गरेको हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत नगद लाभांश पारित गर्न चैत ३० गते विहान १० बजे, नेपालगञ्जको भ्यु होटल सिद्धार्थमा साधारण सभा बोलाएको हो ।

बैंकले साधारण सभा प्रयोजनको लागि चैत २२ गते बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार चैत २१ गते सम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।

साधारण सभामा उपयुक्त बैंक तथा वित्तीय संस्थामा मर्जर तथा प्राप्तीमा जान सञ्चालक समितिलाई सम्पूर्ण अख्यिारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ।

यस्तै कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन सम्बन्धी संशोधन गर्न विषेश प्रस्ताव पेश गर्ने भएको छ । 



प्रतिकृया दिनुहोस्