जंगल क्रिकेट कर्पोरेट टुर्नामेण्टमा एनआईसी एशिया बैंक विजयी
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjI9D50J_CFVdMUU-ye9Eog3tb5gfpw3NjJ8a8AL4Hg96LFMP8A_aS9bvy37Lty1i1Bdsd-eFD-ZjpC3ya6rTsOQxPCsvahS35T8lSKanmyeKQEnycsXAk-EgCT15SAQ2zRO2EMKQB9SOGd/s640/2.jpg)
काठमाडौँ - एनआईसी एशिया बैंक लिमिटेड चितवनको सौरहामा सम्पन्न जंगल क्रिकेट कर्पोरेट टुर्नामेण्टमा विजयी भएको छ । फागुन ३० गतेदेखि चैत २ गतेसम्म प्रतियोगिता भएको थियो ।
पालोमा इन्टरनेसनल इभेन्ट्स एण्ड स्पोर्टस म्यानेज्मेण्ट प्रालिले आयोजना गरेको सो टुर्नामेण्टमा विभिन्न क्षेत्रका कर्पोरेट टिमहरुको सहभागिता रहेको थियो ।
बैंकले यस अगाडि समेत विभिन्न संघसंस्थाहरुले आयोजना गरेको प्रतियोगिताहरुमा सहभागिता जनाउँदै खेलकुद क्षेत्रमा समेत आफ्नो वर्चस्व स्थापित गर्दै आएको जनाएको छ ।