कृषि विकास बैंकको ६ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाडौं - कृषि विकास बैंकको ६ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । मूल्य समायोजनपछि आइतबार बैंकको सेयर कारोबार प्रतिकित्ता ३१४ रुपैयाँ १५ पैसालाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य भने ३७३ रुपैयाँ ५८ पैसा छ ।

बैंकले चैत १५ गते बस्ने वार्षिक साधारण सभामा सर्वसाधारण सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र १५.०५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्दैछ । सभा प्रयोजनका लागि बैंकले आइतबारदेखि बुक क्लोज गरेको हो । नेपाल सरकारको अग्राधिकार सेयरमा पनि ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सभामा पेश हुनेछ । साधारण सभाबाट लाभांश प्रस्ताव पारित भएपछि वितरण प्रक्रिया सुरु हुनेछ ।

हाल बैंकको चुक्ता पुँजी १३ अर्ब ९३ करोड ७९ लाख २८ हजार रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी २८ रुपैयाँ २५ पैसा रहेको छ ।

प्रतिकृया दिनुहोस्