वित्तीय साक्षरता अभिवृद्धिका लागि राष्ट्रिय वाणिज्य बैंक र एनबीआईबीच सम्झौता

काठमाडौँ - राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेशनल बैंकिग ईन्स्टिच्यूट (एनबीआई) बीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले द्रुतगतिमा विस्तार गर्नको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र एनबीआईको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्जीव सुब्बाले हस्ताक्षर गरेका छन् ।

यस सम्झौतापत्र अनुसार एनबीआईले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एप्को संरचना र सुविधाहरु राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी गराईने छ । बैंकले आफ्ना सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाई एनबीआई मोबाईल एप्का बारे ज्ञान दिलाई ग्राहकमाझ वित्तीय साक्षरता कार्यक्रमलाई सहजताका साथ विस्तार गर्नको लागि प्रेरित गर्ने जनाइएको छ ।

साथै बैंकले एनबीआई एप् मार्फत समाजका विभिन्न वर्गहरु महिला समुह, किसान, रेमिट्यान्समा आश्रित परिवारहरु, शिक्षकशिक्षिकाहरु तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरताबारे जानकारी गराउनेछ ।

प्रतिकृया दिनुहोस्