गुराँस लाइफ इन्स्योरेन्सको ८% बोनस सुरक्षित गर्ने मंगलबार अन्तिम दिन, कहिले हुँदैछ साधारण सभा ?

काठमाडौं - गुराँस लाइफ इन्सुरेन्स लिमिटेडको ८ प्रतिशत बोनस सेयर पाउन सेयरधनी बन्ने मंगलबार अर्थात चैत ५ गते अन्तिम दिन रहेको छ । कम्पनीले चैत २१ गते साधारण सभा डाकेको छ । साधारण सभाका लागि कम्पनीले चैत ६ गतेदेखि चैत २१ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसर्थ लाभांश पाउन मंगलबारसम्म सेयरधनी हुनुपर्नेछ ।

यस्तै कम्पनीले फेरि १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव सभामा लैजानेछ । कम्पनीले आर्थिक वर्ष २०७३र७४ को नाफाबाट ८ प्रतिशत बोनस सेयर दिनेछ। प्रस्तावित बोनस र धितोपत्र बोर्डबाट स्वीकृत भइसकेको ५० प्रतिशत हकप्रद सेयरपछि कायम हुने ९३ करोड ८५ लाख २० हजार रुपैयाँ चुक्ता पुँजीबाट फेरि १०० प्रतिशत हकप्रद जारी गर्न लागेको हो । 

गुराँसले २९ लाख ७० हजार कित्ता हकप्रद बिक्री गर्न अनुमति पाएको हो । यस्तै, ८ प्रतिशत बोनस सेयरमा लाग्ने कर तिर्न ०.४२१ प्रतिशत (२५ लाख १ हजार ५३ रुपैयाँ) नगद लाभांश पनि दिनेछ । 

साधारण सभा वानेश्वर बैंक्वेट, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

प्रतिकृया दिनुहोस्