चितवन र नवलपुरको कावासोतीमा माछापुच्छ्रे बैंकको नयाँ शाखा, प्रेमशंकर मर्दनिया र नारायण बनद्धारा उद्घाटन

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले कावासोती र टाँडी शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले सोमबार नवलपुरको कावासोती नगरपालिकामा कावासोती शाखा कार्यालय र चितवनको रत्ननगर नगरपालिकामा टाँडी शाखा कार्यालयको औपचारिक सुरुवात गरेको हो ।

कावासोती शाखा कार्यालयको उद्घाटन कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनियाले गरे भने टाँडी शाखा कार्यालयको उद्घाटन रत्ननगर नगरपालिकाका मेयर नारायण बनले गरेका हुन् ।

नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । बैंकले उक्त शाखाहरुमा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था गरिएको जनाएको छ ।

प्रतिकृया दिनुहोस्