कैलाश बिकास बैंकमा यो हदसम्मको मनपरी, कालोसूचीमा परेकालाई नियम विपरित 'सुटुक्क' दिइयो ऋण !

 Kailash Bikas Bank
  • बैंकिङ संसार सम्बाददाता 
काठमाडौँ- कम्प्लाइन्सको कुरामा बिकास बैंकहरुमध्येकै कमजोर हुँदै गएको कैलाश बिकास बैंकले कालो सूचीमा परेकालाई समेत ऋण दिएको खुलासा भएको छ । कुमारी बैंकबाट करोडौं रुपैयाँ ऋण लिएर उक्त ऋण नतिरेपछि कालोसूचीमा परेका व्यक्तिलाई कैलाश बिकास बैंकले ऋण दिएको हो । कालो सूचीमा परेका रमेश भट्टराइलाई कैलाश बिकास बैंकले गत वर्षको कात्तिक महिनामा झण्डै एक करोड ५५ लाख रुपैयाँ कर्जा दिएको भेटिएको छ ।

यसरी कालो सूचीमा परेर पनि ऋण पाएका भट्टराइको स्वामित्वमा रहेको मातृभूमि गार्मेन्ट, सुुकेधारको नाममा नियम मिचेर ऋण लिइएको छ । नियम अनुसार एउटा बैंकमा ऋण लिएर ऋण नतिरेको व्यक्ति कालोसूचीमा परेपछि अर्को बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन- दिन पाईदैन । तर पावर र पैसाका अगाडी नेपालमा कानुन नै हार्दो रहेछ भन्ने विश्लेषणको पछिल्लो उदाहरण हो यो ऋण-काण्ड ।

यसो त कैलाश बिकास बैंकभित्र मनपरी भएको यो पहिलो घटना भने होइन । यसअघि पनि राष्ट्र बैंकको नियम मिचेर बढी ब्याज दिंदै संस्थागत डिपोजिट उठाएको, बैंकभित्र नियम विपरित फिक्स डिपोजिटको रकम रिलिज गरेको लगायतका काण्डहरु बैंकमा यसअघि घटेका थिए ।

प्रतिकृया दिनुहोस्