सिभिल क्यापिटल र सगरमाथा इन्स्योरेन्सबीच सम्झौता, यस्ता छन् सम्झौताका बुदाँ !

काठमाडौं - सिभिल क्यापिटल मार्केट र सगरमाथा इन्सुरेन्सबीच सम्झौता भएको छ । सम्झौता अनुसार सेयर बजारमा प्रवेश गर्न चाहने इन्सुरेन्सका ग्राहक तथा कर्मचारीहरुलाई सिभिल क्यापिटलले विभिन्न सेवामा छुट दिनेछ । यसैगरी, सिभिलका ग्राहक तथा कर्मचारीले पनि सगरमाथाको इन्सुरेन्स पोलिसि लगायत अन्य सेवामा छुट पाउनेछन् ।

सम्झौता पत्रमा सगरमाथा इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र सिभिल क्यापिटलका सहायक प्रमुख कार्यकारी अधिकृत सुशिल महर्जनले हस्ताक्षर गरेका छन् । पहिलो पटक मर्चेन्ट बैंक र इन्सुरेन्स क्षेत्रबीच सेवा आदानप्रदान गर्ने सम्झौता भएको कम्पनीको दाबी छ ।

प्रतिकृया दिनुहोस्