सामाजिक उत्तरदायित्व अन्तर्गत ओम डेभलपमेन्ट बैंकद्धारा छात्रवृत्ति प्रदान

काठमाडौं - ओम डेभलपमेन्ट बैंकले विभिन्न सामुदायिक विद्यालयमा छात्रवृत्ति प्रदान गरेको छ । गोरखा नगपालिका वडा नं. ६ दरवारमार्गमा रहेको श्री महेन्द्र ज्योति माध्यामिक विद्यालयको ५८ औ वार्षिक उत्सव तथा अभिभावक समारोहमा उक्त विद्यालयकी कक्षा ११ की छात्रा संजिता वयलकोटीलाई ५ हजार नगद र स्टेशनरी प्रदान गरेको हो । सो सामाग्री उक्त शाखाका प्रवन्धक केशव रेग्मीले प्रदान गर्नु गरेका थिए ।

त्यसैगरी गोरखा नगरपालिका वडा नं. ९ मा रहेको श्री महालक्ष्मी माध्यामिक विद्यालयको ४३ औ वार्षिक उत्सव तथा अभिभावक समारोहमा उक्त विद्यालयकी कक्षा ९ की छात्रा समिना भण्डारीलाई ५ हजार र स्टेशनरी प्रदान गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न ठाँउमा वित्तिय साक्षरताका कार्यक्रम गर्दै आएको छ । हाल बैंकले ५३ शाखा कार्यालय, १९ एटिएम तथा १ शाखा रहित बैंकिङ ईकाइ मार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिकृया दिनुहोस्