सिटिजन्स बैंकका कामु सीइओ पोखरेलले 'गैरकानुनी' काम गरेको खुलासा, भयो यस्तो कारवाही !

 Citizens Bank
  • बैंकिङ संसार सम्बाददाता 
काठमाडौँ- सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा डेपुटी सीईओको पदमा रहेका गणेश राज पोखरेलले गैरकानुनी काम गरेको खुलासा भएको छ । लेखा व्यवसायको आचारसंहिता विपरित काम गरेको भन्दै नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले उनलाई दोषी ठहर्याएर कारवाही गरेको खुलासा भएको हो । उनी उक्त संस्थाका समेत सदस्य थिए । उनले गैरकानुनी काम गरेपछि आइक्यानको अनुसासन समितिले उनको 'अडिट लाइसेन्स' ३ महिनासम्म सस्पेन्डसमेत गरेको खुलासा भएको छ ।

गणेश राज पोखरेल हाल सिटिजन्स बैंक इन्टरनेशनलका डेपुटी सीईओ हुन् भने सीआइबीएल क्यापिटलका अध्यक्षसमेत हुन् । उनले मेनेजमेन्ट एसोसीएसन अफ नेपाल (म्यान) मा समेत काम गरिसकेका छन् । शंकरदेव क्याम्पसबाट माष्टर्स सकेका उनी दर्तावाला लेखापरीक्षक भएकाले आइक्यानका सदस्यसमेत हुन् ।यस्तै बैंकमा हालका सीइओ रजान सिंह भण्डारीको कार्यकाल सकिनै लाग्दा उनी उक्त बैंकको सीइओ हुन पर्खाइमा छन् ।तर यस्तो गैरकानुनी काम गर्ने व्यक्तिलाई बैंकको सीइओ बनाउनु हुन्छ कि हुँदैन भन्ने कुरामा अहिले नेपाली बैंकिङ क्षेत्रमा ठुलो बहस चलेको छ ।  संस्थाको मिती २०७४ साल असार १७ गते बसेको संस्थाको २०८ औं बैठकले उनलाई कारवाही गरेको हो ।

प्रतिकृया दिनुहोस्