एनआईसी एशिया बैंकले ल्यायो नयाँ योजना, चेक बीना नै काउन्टरबाट रकम झिक्न सकिने

काठमाडौं - एनआईसी एशिया बैंकले आफ्नो सम्पुर्ण शाखा कार्यालयहरुमा रहेका टेलरलाई आधुनिकिकरण गरि स्मार्ट टेलर संञ्चालनमा ल्याएको छ । यस स्मार्ट टेलर मार्फत बैंकका ग्राहकले चेक विना नै आफ्नो मोबाइल बैंकिङ तथा डेबिट कार्ड प्रयोग गरि काउन्टरबाट रकम झिक्न सक्नेछन् । यस कार्यले डिजिटल बैंकिङको विकासमा थप उचाई प्राप्त गर्ने बिश्वास बैंकले लिएको छ ।

पछिल्लो समय विभिन्न ग्राहकमुखी योजना, ग्राहक मैत्री व्यवस्थापन, वस्तु तथा सेवाको गुणस्तर, उपभोक्ता सन्तुष्टि, सुशासन लगायतका अवयवहरुमा केन्द्रित हुदै निजी क्षेत्रबाट सञ्चालित बैंकहरूमध्ये देशको सबैभन्दा ठूलो बैंक बन्न सफल भएको छ ।

हाल बैंकले मुलुकभर २ सय ७७ शाखा कार्यालयहरु, २ सय ९० एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । हालसम्म यस बैंकमाग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ

प्रतिकृया दिनुहोस्