एसियन लाईफ इन्स्यारेन्सद्वारा मृत्यु दावी भुक्तानी, शाखा प्रबन्धक कौशिला कँडेलले गरिन् चेक हस्तान्तरण

काठमाडौं - एसियन लाईफ इन्स्यारेन्स कम्पनीले मृत्यु दावी भुक्तानी बापत ३ लाख ८५ हजार रुपैयाँ मृतकका हकदारलाई भुक्तानी गरेको छ । कम्पनीले ललितपुर टिकाथली–३ का सानुकाजी श्रेष्ठको हृदयघातबाट मृत्यु पश्चात निजले जीवन बीमा बापतको रकम मृतकका हकदार जमुना श्रेष्ठलाई दावी भुक्तानी बापत सो रकम प्रदान गरेको हो ।

एसियन लाईफ इन्स्यारेन्स कम्पनीको जावलाखेलस्थित शाखा कार्यालयकी प्रबन्धक कौशिला कँडेलले एक कार्यक्रमका बीच दावी रकम हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । चार वर्ष पहिले ३ लाख रुपैयाँको जीवन बीमा गरेका श्रेष्ठको गत पुस २३ गते हृदयघातबाट निधन भएको थियो । कम्पनीले मृतकका हकदारलाई पन्ध्र बर्षे बीमाको नियम अनुसार सो रकम भुक्तानी दिएको जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै शाखा प्रबन्धक कँडेलले जीवन बीमाले आश्रित परिवारलाई जीवनको नयाँ मार्ग खोज्न हौसला प्रदान गर्ने राहत दिने बताउँदै बीमा बचत गर्ने बानी समेत भएको प्रष्ट पारिन ।

प्रतिकृया दिनुहोस्