सहयोगी विकास बैंकको शेयर कारोबार रोक्का !
- बैंकिङ संसार
काठमाडौँ - सहयोगी विकास बैंकलाई सिटिजन्स बैंक इन्टरनेसनले प्राप्ती गर्ने भएको छ । सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई प्राप्ती गर्ने भएपछि सोमबारदेखि नेप्सेमा सहयोगीको सेयर कारोबार रोक्का भएको हो ।
दुई बैंकले एक्विजिसन सम्बन्धी सम्झौतापत्रमा आइतबार हस्ताक्षर गरेका थिए । हाल सिटिजन्स बैंकको चुक्ता पुँजी ८ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । यता, सहयोगी विकास बैंकको भने चुक्ता पुँजी ५० करोड ९६ लाख रुपैयाँ छ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhxKdsgSuodvFFHlGKyHA7oOo_Fyu8GF0cuGgtamCTxD3rW1GszvzQ4Td4MHVildFeBy8Y_OJqM2s4NM62ViwLiMtjSMRFC7iId1i2NM68bgIYBQLjM0zhm4iqJPDjfGRf1wx1aF2pGjs3G/s1600/Screenshot_1-4.jpg)