मंगलबार राती अबेरसम्म बैंकको काउन्टर खुला राख्न सरकारको निर्देशन (पत्रसहित)

 bank
  • बैंकिङ संसार 
काठमाडौं - सरकारले असारमसान्त अर्थात् मंगलबार राति अबेरसम्म बैंकका काउन्टर खुल्ला राख्न निर्देशन दिएको छ । ‍राजश्व संकलन हुने र भुक्तानी दिने बैंकका काउन्टर राति अबेरसम्म खोल्न निर्देशन दिइएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

असारे विकासको लागि दैनिक ७र८ अर्ब रुपैयाँसम्म निकासी भैरहेको अवस्थामा सरकारले मसान्तको दिन रातिसम्म बैंकका काउन्टर खुला राख्न निर्देशन दिएको छ । त्यस्तै, राजश्व संकलन पनि लक्ष्य अनुसार नभएकोले राजश्व केही बढ्ने आसमा सरकारले रातिसम्म काउन्टर खुला राख्न निर्देशन दिएको हो ।

प्रतिकृया दिनुहोस्