नेपाल राष्ट्र बैंकले नेप्सेको १७ लाख २९ हजार ९८९.५० कित्ता सेयर बेच्दै, भदौ २ गतेसम्म आवेदन दिन पाइने !

 nepal rastra bank
  • बैंकिङ संसार 
काठमाडौं - नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सेयर मंगलबारदेखि लिलामीमा ल्याएको छ । राष्ट्र बैंकले आफ्नो स्वामित्वमा रहेको नेप्सेको १७ लाख २९ हजार ९८९.५० कित्ता सेयरका लागि बोलपत्र आह्वान गरेको हो । बैंकले प्रतिसेयर न्यूनतम मूल्य १ हजार ३२ रुपैयाँ तोकेको छ ।

यस लिलामीमा बैंक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सूचीकृत संगठित संस्थाहरुले गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

लगानीकर्ताले केन्द्रीय बैंकले तोकेको मूल्यलाई आधार मानेर आफूले खरिद गर्न चाहेको सेयरको दररेटसहित बोलपत्र पेश गर्नु पर्नेछ । लिलामीमा भदौ २ गतेभित्र नेपाल राष्ट्र बैंक, वित्त व्यवस्थापन विभाग, बालुवाटार पुग्ने गरी आवेदन दिनुपर्नेछ ।

प्रतिकृया दिनुहोस्