एनआईसी एशिया बैंकको एकैसाथ ३ शाखारहित बैंकिङ सेवा संचालनमा !

 nic asia bank
  • बैंकिङ संसार 
काठमाडौं - एनआईसी एशिया बैंकले एकैसाथ तीन शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्ने क्रममा उक्त शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो ।

सोही क्रममा झापा जिल्लाको अर्जुनधारा नगरपालिका, वडा नं २, खुदनाबारी, रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ११, मोग्लाह र मोरङ्ग जिल्लाको सुनबर्षी नगरपालिका वडा नं २, अमरदहमा आफ्नो शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो । बैंकले संचालनमा ल्याएको खुदुनाबारी शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन अर्जुनधारा नगरपालिका वडा नं २ का वडा अध्यक्ष रघुनाथ खनालले गरे र उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा खड्ग माया पराजुलीलाई नियुक्त गरिएको छ ।

यसैगरी मोग्लाह शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ५ का वडा अध्यक्ष खुर्सेद आलमले गरे र उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा जलालुद्दीन मुसलमानज्यूलाई नियुक्त गरिएको छ । त्यस्तै अमरदह शाखारहित बैंकिङ्गसेवाको समुद्घाटन सुनबर्षी नगरपालिका वडा नं ३ का वडा अध्यक्ष टेक बहादुर विष्टले गरे । अमरदह शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा योगेन्द्र संग्रौलालाई नियुक्त गरिएको छ ।

हालसम्म बैंकले मुलुकभर २ सय ८५ शाखा कार्यालयहरु, ३ सय एटिएम, ४७ वटा एक्स्टेन्सन काउण्टर एवं ४० वटा शाखारहित बैंकिङ इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्