सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौड्याल नियुक्त, बैंकिङ क्षेत्रमा ३० बर्ष बढिको अनुभव

 sunrise bank
  • बैंकिङ संसार 
काठमाडौं - सनराइज बैंकले प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा जनक शर्मा पौड्याललाई नियुक्त गरेको छ । बैंक संचालक समितिले पौड्याललाई ४ वर्षे कार्यकालको लागि नियुक्त गरेको हो । 

बैंकले गत जेठ २२ गते प्रमुख कार्यकारीमा अधिकृतमा निरज श्रेष्ठलाई नियुक्त गरेको थियो। श्रेष्ठलाई नियुक्तिपत्र दिएसँगै संचालकहरुबीच विवाद भएको थियो । उक्त मुद्धा नेपाल राष्ट्र बैंकसमक्ष पुगेको थियो । असार २ गतेबाट बैंकमा हाजीर हुने गरि नियुक्त भएका क्षेष्ठले व्यक्तिगत कारण देखाउँदै असार २ गते बैंकमा हाजिर भएका थिएनन् । संचालक समितिमा आफ्नो नियुक्तलाई लिएर उत्पन्न विवाद समाधान हुने नदेखेपक्षी श्रेष्ठले गत विहिबार आफले बैंकमा काम गर्न नसक्ने भन्दै अध्यक्षलाई जानकारी गराएका थिए । 

त्यसपछि संचालक समितिले पौड्याललाई सिइओमा नियुक्त गरेको हो । पौड्यालले बैंकिङ्ग क्षेत्रमा ३० बर्ष भन्दा बढिको अनुभव संगालि सकेका छन्। उनले १९८७ मा नबिल बैंकमा इन्ट्रि लेभल मार्फत आफ्नो करियर सुरु गरेका हुन्।

प्रतिकृया दिनुहोस्