ग्लोबल आइएमई बैंक र हाथवे फाइनान्सको साधारण सभा साउन १४ गते, यस्ता छन् पेश हुने प्रस्तावहरु !

 global ime bank
  • बैंकिङ संसार 
काठमाडौं - ग्लोबल आइएमई बैंक र हाथवे फाइनान्सले साउन १४ गते एकैदिन विशेष साधारण सभा डाकेका छन् । ग्लोबल आइएमई बैंकको विशेष साधारण सभा साउन १४ गते बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा हुनेछ भने सोही समयमा हाथवे फाइनान्सले होटल द रत्न इन, धरानमा विशेष साधारण सभा गर्नेछ । 

यी दुई कम्पनीले फागुन ३० गते सहमतिपत्रमा हस्ताक्षर गरी एक्विजिसन प्रक्रिया अघि बढाइसकेका छन् । सहमतिपत्रमा हस्ताक्षर भएसँगै हाथवेको सेयर कारोबार पनि रोक्का रहेको छ । हाथवेले राष्ट्र बैंकले तोकेको न्यूनतम ८० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउन सकेको छैन । ग्लोबल आइएमईको भने चुक्ता पुँजी १० अर्ब ३१ करोड ५ लाख १६ हजार रुपैयाँ रहेको छ । 

विशेष साधारणसभामा ग्लोबल आईएमई र हाथवे फाइनान्सले एक आपसमा प्राप्ति गर्ने/हुने सम्बन्धमा आ-आफ्नो सञ्चालक समितिहरुका तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, तथा सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन (डीडीए) आधारमा निर्धारण गरिएको १००:४२ को शेयर स्वाप अनुपात स्वीकृत गर्ने मुख्य विशेष प्रस्ताव रहेको छ ।

प्रतिकृया दिनुहोस्