सिभिल बैंकको नयाँ शाखा दाङको लमहीमा विस्तार, ग्रान्डी हस्पिटलसँग गर्यो सम्झौता !

 civil bank
  • बैंकिङ संसार 
काठमाडौं - सिभिल बैंकले दाङको लमहीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन लमही नगरपालिकाका नगर प्रमुख कुल बहादुर केसीले गरे । हालसम्म बैंकले ९२ शाखा विस्तार गरी आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा विस्तार गर्दै आएको छ ।

साथै, बैंकले आफ्ना ग्राहकलाई सहुलियत प्रदान गर्ने उद्देश्यसहित ग्रान्डी हस्पिटलसँग सम्झौता गरेको छ । सम्झौताअनुसार सिभिलका ग्राहकहरुले ग्रान्डी हस्पिटलमा उपचार गराउँदा आकर्षक छुटहरु पाउनेछन् ।

प्रतिकृया दिनुहोस्