मुक्तिनाथ विकास बैंक ग्राहकले ऊँ समाज डेण्टल हस्पिटलमा उपचार गराउँदा १५ प्रतिशतसम्म छुट पाउने

 muktinath bikash bank
  • बैंकिङ संसार
काठमाडौँ - मुक्तिनाथ विकास बैंक र ऊँ समाज डेण्टल हस्पिटल, चाबहिलबीच बैंकका ग्राहकहरुलाई हस्पिटलको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंक लि.का तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल तथा ऊँ समाज डेण्टल हस्पिटलको तर्फबाट अध्यक्ष सुवास घिमिरेले हस्ताक्षर गरे । 

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक ग्राहकहरूले डेण्टल अस्पताल, चाबहिलमा उपचार गराउँदा तोकिएका विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ ।

प्रतिकृया दिनुहोस्