देवः विकास बैंकद्धारा १४औं बर्षको प्रवेशमा रक्तदान कार्यक्रम सम्पन्न, ७० जना लाभान्वित

 DEVA BIKASH BANK
  • बैंकिङ संसार 
काठमाडौं - देवः विकास बैंकले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफू १३औं बर्ष पूरा गरी १४औं बर्षमा प्रवेश गरेको अवसरमा सो कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाल रेडक्रस सोसाइटीको सहयोग र ब्लड डोनर्स एशोसियशन, काठमाडौंको सहकार्यमा लालदरबारथित बैंकको केन्दीय कार्यालयमा आयोजित कार्यक्रममा ७० जना भन्दा बढीले रक्तदान गरेका थिए ।

रक्तदानमा बैंकका कर्मचारी, स्थानीय स्वयमसेवी सहभागी रहेको बैंकले जनाइको छ । यसैगरी बैंकले आफ्नो पहलमानपुर शाखाको सक्रियतामा कैलालीको घोडाघोडी ताल तथा मन्दिर परिसरमा आयोजित कार्यक्रममा घोडाघोडी गुरुकुलमा संस्कृत अध्ययनरत विद्यार्थीहरुलाई खाद्यान्न वितरण गरिएको बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्