कामना सेवा विकास बैंकको नयाँ शाखा पर्वतको डिमुवामा विस्तार, ९२ ठाउँमा पुग्यो शाखा सञ्जाल

 kamana sewa bikash bank
  • बैंकिङ संसार 
काठमाडौँ - कामना सेवा विकास बैंक लिमिटेडले गण्डकी प्रदेश अन्तर्गत पर्वत जिल्लाको मोदी गाउँपालिका ६ स्थित डिमुवामा असार २५ गते ९२औ शाखा बिस्तार गरेको छ ।

मोदी गाउँपालिकाका अध्यक्षा प्रेम शर्मा पौडेलको प्रमुख आतिथ्यतामा र गाउँपालिकाका उपाध्यक्ष सेती महत र वडा अध्यक्ष विमल लामिछाने, बैंकका संचालक चतुराखर अधिकारी तथा गण्डकी प्रदेश प्रमु्ख टुबराज बास्तोलाको उपस्थितिमा उक्त शाखाको कारोबार शुभारम्भ गरिएको हो ।

प्रतिकृया दिनुहोस्