देवः विकास बैंक लिमिटेड र वेष्टर्न डेभलपमेन्ट बैंकको एकीकृत कारोबार आजदेखि, चुक्ता पूँजी ३ अर्ब १८ करोड पुग्यो !

 deva bikash bank
  • बैंकिङ संसार
काठमाडौं - देवः विकास बैंक लिमिटेड र वेष्टर्न डेभलपमेन्ट बैंकको एकीकृत कारोबार सोमबारदेखि हुने भएको छ । देवः विकास बैंकको नामबाट एकीकृत कारोबार हुने भएको छ । 

यस्तै, असार २७ गते नै कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति समेत पाइसकेको कम्पनीले जनाएको छ । मर्जरपछि बैंकको केन्द्रीय कार्यालय प्रदेश नं ३, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं १ मा रहने छ ।

एकीकृत कारोबारका लागि सम्पूर्ण व्यवस्था मिलाउन आइतबार दुवै बैंकका सम्पूर्ण कारोबार बन्द भएका छन् । देवः विकास बैंक र वेष्टर्न डेभलपमेन्ट बैंकले गत असार १२ गते साधारण सभाबाट एक्विजिसन सम्बन्धी विशेष प्रस्ताव पारित गरेका थिए । सभाले देवः विकासले वेष्टर्न डेभलपमेन्टलाई एक्वायर गर्ने प्रस्ताव पारित भएको थियो ।
वेष्टर्न डेभलपमेन्ट बैंकलाई प्राप्ति गरे पश्चात् देवः विकास बैंकको चुक्ता पूँजी ३ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ । देवः विकास बैंकको एकिकृत बैकिङ्ग कारोबार पश्चात् निक्षेप रकम २२ अर्व ९२ करोड रुपैयाँ र कर्जा २० अर्ब ४३ करोड रुपैयाँ पुग्नेछ भने ७७ वटा शाखा सञ्जाल रहनेछ ।

प्रतिकृया दिनुहोस्