गरिमा विकास बैंक र चरक मेमोरियल अस्पतालबीच सम्झौता, बैंकका ग्राहकले स्वास्थ्य सेवामा विशेष छुट पाउने

 garima bikash bank
  • बैंकिङ संसार 
काठमाडौं - गरिमा विकास बैंक लिमिटेड र चरक मेमोरियल अस्पतालप्रालिबीच सम्झौता सम्पन्न भएको छ ।

असार १५ गते आइतबार भएको सम्झौतामा गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र चरक मेमोरियल अस्पताल प्रा.लि.को तर्फबाट अस्पताल अध्यक्ष डा. बद्री पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

यस सम्झौतापश्चात गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुले चरक मेमोरियल अस्पताल प्रा.लि.पोखरामा उपचार गराउँदा सम्पूर्ण प्रकारका उपचार शुल्कमा १० प्रतिशत र औषधी खरिदमा ५ प्रतिशत छुट प्राप्त गर्नेछन । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेड उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ७६ शाखा र ३३ वटा एटीएम संचालनमा छन् ।

विकास बैंकले निकट भविष्यमा नै देशका विभिन्न १५ स्थानमा शाखा कार्यालय स्थापना गर्दैछ ।

प्रतिकृया दिनुहोस्