नबिल बैंक र लायन्स क्लबबीच ब्रान्डेड भिसा कार्ड जारी गर्ने सम्झौता

 nabil bank
  • बैंकिङ संसार 
काठमाडौं - नबिल बैंक तथा लायन्स मल्टिपल डिस्ट्रिकबीच लायन्स सदस्यहरुलाई नबिल भिषा क्रेडिट कार्ड उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौतासंगै नेपालका लायन्स सदस्यले नबिल बैंक मार्फत सहजै क्रेडिट कार्ड लिन सक्नेछन् भने हरेक कार्ड बापत लायन्स क्लबको सामाजिक कार्यमा नबिल बैंकको सहकार्य रहने जनाइएको छ । 

उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्दै नबिल बैंकका नायब महाप्रबन्धक बिनयकुमार रेग्मीले यस सहकार्यले लायन्स क्लब तथा सदस्य मात्र नभई सामाजिक कार्यमा समेत उलेख्य भूमिका रहनेमा बिस्वस्त रहेको जानकारी दिए ।

साथै लायन्स मल्टिपल डिस्ट्रिकका तर्फबाट चेयरपर्सन डीआर खनालले उक्त कार्यको सरहाना गर्दै नबिल बैंकलाई धन्यवाद दिंदै यसको फाइदा लिन सबै लायन्स सदस्यलाई आग्रह समेत गरे ।

प्रतिकृया दिनुहोस्