जनता बैंकले खोल्यो एकैसाथ ६ स्थानमा शाखा, कहाँ कहाँ पुग्यो सेवा ?

  • बैंकिङ संसार
काठमाडौं - जनता बैंक नेपाल लिमिटेडले सोमबार एकै साथ काठमाडौं उपत्यकामा ३ र अन्य स्थानमा ३ गरी एकै साथ ६ शाखाको उद्घाटन गरी कारोबार सुभारम्भ गरेको छ । काठमाडौं उपत्यकामा काँडाघारी, बनस्थली र थानकोट शाखाबाट कारोवार सुभारम्भ गरिएको हो भने काठमाडौं उपत्यका बाहिर बाग्लुङ्ग बजार, कपिलबस्तुको तौलिहवा र धनगढीको सेतोपुलमा नयाँ शाखा खोलिएको हो ।

तौलिहवा शाखाको उद्घाटन संघीय संसद बृजेशकुमार गुप्ताले गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत परशुरामकुंबर क्षेत्रीको समेत उक्त कार्यक्रममा उपस्थिति रहेको थियो । यसैगरी काठमाडौं उपत्यकामा रहेको काँडाघारी वीरेन्द्रचोक शाखाको संचालक लङ्कबहादुर केसी, नस्थली खरिबोट शाखाको संचालक गौतमप्रसाद खनालले उद्घाटन गरेका हुन् ।

त्यसैगरी थानकोट शाखाको चन्द्रागरी नगरपालिकाका मेयर घनश्याम गिरी र बैंकका संचालक बिनितकुमार अग्रवालबाट संयुक्त रुपमा उद्घाटन सम्पन्न भयो । साथै, सेतोपुल धनगढी शाखाको धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड र बैंकका चिफ बिजनेस अफिसर कल्याण पाँडेले संयुक्त रुपमा र बाग्लुङ्ग शाखाको बाग्लुङ्ग उद्योग बाणिज्य संघका अध्यक्ष युवराजजङ्ग राजभण्डारीले उद्घाटन गरेका हुन् । बाग्लुङ्ग शाखा उद्घाटन कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यको उपस्थिति रहेको थियो

प्रतिकृया दिनुहोस्