हिमालयन बैंकको ३० लाख युनिट ऋणपत्र बिक्री खुला : ७ वर्ष अवधि, कति पाइन्छ ब्याज ?

 himalayan bank
  • बैंकिङ संसार
काठमाडौं - हिमालयन बैंकले बिहीबारदेखि ३० लाख युनिट ऋणपत्र बिक्री खुला गरेको छ । कुल ३० लाख युनिटमध्ये १२ लाख युनिट सर्वसाधारणका लागि खुला भएको छ भने सामूहिक लगानी कोषलाई ६० हजार युनिट छुट्याइएको छ । बैंकले बाँकी १८ लाख युनिट आफ्नै पहलमा अन्य संघ संस्थालाई बेच्नेछ । 

बैंकले ७ वर्ष अवधिको ‘१०% हिमालयन बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गरेको हो । रेटिङ एजेन्सी केयर रेटिङले यो ऋणपत्रलाई न्यून कर्जा जोखिम जनाउने ‘ग्रेड ए’ रेटिङ दिएको छ । यस ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर पाइनेछ ।

उक्त ऋणपत्र बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटललाई तोकिएको छ । बैंकले प्रतियुनिट १ हजार रुपैयाँ दरमा ऋणपत्र बिक्री गर्न लागेको हो । यो ऋणपत्रमा छिटोमा साउन ६ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने साउन ३१ गतेसम्म भर्न सकिनेछ ।

प्रतिकृया दिनुहोस्