माछापुच्छ्रे बैंकको ३० लाख इकाई ऋणपत्र साउन ६ गतेदेखि आउँदै, कति पाइन्छ ब्याज ?

machhapuchhre bank
  • बैंकिङ संसार 
काठमाडौं - माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाई ऋणपत्र साउन ६ गतेदेखि बिक्री गर्ने भएको छ । जसमा १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ भने बाँकी १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । 

बैंकले १० वर्ष अवधिको ‘१०.२५% माछापुच्छ्रे डिबेन्चर २०८५’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई पर्याप्त कर्जा सुरक्षा जनाउने ‘एलए माइनस रेटिङ’ दिएको छ । यस ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याज पाइनेछ ।

उक्त ऋणपत्र बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई तोकिएको छ । लगानीकर्ताले साउन ९ गतेसम्म यसमा आवेदन दिन पाउनेछन् । उक्त अवधिमा सबै ऋणपत्र बिक्री नभएमा भदौ ३ गतेसम्म आवेदन दिन पाइनेछ ।

माछापुच्छ्रेको ऋणपत्रमा प्रतिइकाई १ हजार रुपैयाँको दरले आवेदन दिनुपर्नेछ । न्यूनतम २५ कित्तादेखि अधिकतम ११ लाख ७० हजार कित्तासम्म भर्न पाइनेछ ।

प्रतिकृया दिनुहोस्