एसइई पासलाई सानिमा बैंकले निशुल्क पढाउने, श्रावण १० गतेसम्म आवेदन दिन सकिने !

 sanima bank
  • बैंकिङ संसार 
काठमाडौं - सानिमा बैंकले उपत्यका बाहिरका विद्यार्थीलाई छात्रवृत्तिको लागि आवेदन खुल्ला गरेको छ । बैंकले विगत ७ वर्षदेखि उपत्यका बाहिरका एसइई पास गरेका विपन्न तथा गरिब वर्गका बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । बैंकले प्रत्येक शाखाबाट त्यहाँ स्थायी बसोबास गर्ने दुईरदुई जनालाई छात्रवृत्ति प्रदान गर्नेछ ।

एसइई पास गरेका बिद्यार्थीले श्रावण १० गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । यसका लागि बैंकको वेभसाइटमा थप जानकारी राखिएको जनाईएको छ । 

बैंकले शैक्षिक संस्थामा लाग्ने शुल्क तथा शैक्षिक सामाग्रीका अतिरिक्त मासिक २ हजार नगद सहित २ वर्षका लागि छात्रवृत्ति प्रदान गर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस्