सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले लर्ड बुद्ध एजुकेशनल एकेडेमीमा उपचार गराउँदा १० प्रतिशतसम्म छुट पाउने !

 sangrila development bank
  • बैंकिङ संसार 
काठमाडौँ - सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नेपालगंजमा अवस्थित लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि.द्वारा सञ्चालित नेपालगंज मेडिकल कलेज तथा कोहलपुर मेडिकल कलेज बिच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता भएको छ । सम्झौतामा बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकका डेबिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरुलाई उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा यही श्रावण १ गतेबाट लागु हुने गरि १०% सम्मको छुट प्रदान गर्ने सहमति भएको छ ।

उक्त सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड क्षेत्रीय कार्यालय, नेपालगंजका क्षेत्रीय प्रबन्धक जयन्द्र बहादुर खडका र लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि.का प्रबन्ध संचालक डा.सुरेश कुमार कानोडियाले हस्ताक्षर गरेका छन् ।

प्रतिकृया दिनुहोस्