स्वावलम्बन लघुवित्तको ३ लाख ७७ हजार कित्ता संस्थापक सेयर असार ३१ देखि लिलामीमा आउँद, कहाँ जाने भर्न ?

 Swabalamban Laghubitta
  • बैंकिङ संसार
काठमाडौं - स्वावलम्बन लघुवित्त वित्तीय संस्था ले ३ लाख ७७ हजार ४५७.५ कित्ता संस्थापक सेयर असार ३१ गते देखि लिलामीमा ल्याउने भएको छ । लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । महिला सहकारी संस्था लिमिटेडले आफ्नो स्वामित्वमा रहेको स्वावलम्बनको उक्त सेयर लिलामी गर्न लागेको हो । 

यसमा स्वावलम्बनका संस्थापक सेयरधनीसहित अन्य योग्य व्यक्ति तथा संस्थाले आवेदन दिन पाउनेछन् । बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी, काठमाडौंमा पुग्ने गरी बालपत्र पेश गर्नुपर्नेछ ।

प्रतिकृया दिनुहोस्