भक्तपुरको राधे राधेमा कामना सेवा विकास बैंकको ९३औं शाखा विस्तार, आचार्य र लम्सालद्धारा उद्घाटन !

 kamana sewa bikash bank
  • बैंकिङ संसार 
काठमाडौं - कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा भक्तपुरको मध्यपूर ठिमी महानगरपालिका वडा नं. २६ स्थितराधे राधेमा आफ्नो ९३औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ ।

बैंकका अध्यक्ष सुदिप आचार्य, संचालक तथा नायव महाप्रबन्धक हरि प्रसाद लम्सालले संयुक्त रुपमा कारोबार सुभारम्भ गरेका हुन् ।

बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जालमार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।

प्रतिकृया दिनुहोस्